![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/09/6594f45331d37_death1667723553.jpg?fit=1230%2C790&ssl=1)
२५ माघ, काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका(१ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेस्रा गएराति एकजना महिला साथीसँग उक्त होटलमा गएका थिए । राति सुतेको कोठाभित्रको बाथरुममा लडेर बेहोस बेस्रा बेहोस भएका थिए ।
राति करिब साढे १ बजेको समयमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले होटल सञ्चालक र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।