Logo

२६ माघ, वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा बाघको आक्रमणमा परी एक महिला घाईते भएकी छिन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–२ मकवानी बस्ने बैजनाथ रामकी श्रीमती अन्दाजी बर्ष ३५ की चाँदनीदेवीको बाघले आक्रमण गर्दा घाईते भएकी हुन् ।

सात बिघा भन्ने ठाउँमा घास काट्ने क्रममा अचानक जंगलबाट बाघ निस्किएर उनलाई झम्टिएको हो । आक्रमणबाट चाँदनीदेवीको बाँया हातमा चोट लागेको छ ।

घाईते उनलाई उद्दार गरी उपचारका लागि नारयाणी अस्पतालमा ल्याईएको प्रहरी चौकी रंगपुरले जनाएको छ । उनको मध्यम अवस्थामा उपचार भइरहेको छ । महिलालाई अक्रमण गरेपछि बाघ जंगलतर्फ भागेको स्थानीयले बताएका छन् ।


सम्बन्धित समाचार