![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/rastriyasabhaa.jpeg?fit=1024%2C550&ssl=1)
२७ माघ, काठमाडौँ । राष्ट्रिय सभा बैठक आइतबार बस्दैछ।
दिउँसो सवा १ बजे शुरु हुने बैठकको आरम्भमा विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक– २०८१ सभा समक्ष पेश गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।