![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/12/aaglagi-768x446-1.jpg?fit=768%2C446&ssl=1)
२७ माघ, सेढवा (पर्सा) । पर्साको जिराभवानी गाउँपालिकामा शनिबार राति आगलागी भएको छ ।
वडा नम्बर १ पिपरा टोलका स्थानीय शिवशंन्कर गिरीको फुसको घरमा गएराति ९ बजेको समयमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको अन्नपात लत्ताकपडा गरि पचास हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजाराम यादवले जानकारी दिए ।
आगोलाइ स्थानीयवासी, प्रहरी चौकि महादेवपट्टी ईलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक यादवले दिए ।