
२७ माघ,काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १९८५ रुपैयाँमा कायम भएको चाँदी आज १९६० रुपैयाँमा कारोबार भइरहेको छ ।