Logo

२७ माघ,काठमाडौँ । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

सरकारका काम, कानूनी अड्चनसहितका विषयमा सहजीकरण गर्नको लागि बनेको नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बैठक साँझ बस्ने जानकारी दिए ।

‘यस अघि बनेको संयन्त्रको नियमित बैठक आज बस्न लागेको हो । छलफलमा संसद्मा दर्ता भएका विधेयक, अध्यादेशबाट कानून आएपछिका नियमावली, कानूनी जटिलता हटाउने अन्य विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ बजगाईंले भने, ‘काम गर्नको सरकार बनेको हो, यसैलाई संयन्त्रले पनि सहजीकरण गर्न छलफल गर्न गरेर जाने तयारी गरेको हो ।’

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

यस्तो संयन्त्रको बैठकलाई प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आवश्यकताअनुसार सहजीकरण गर्दै आएका छन् । यही संयन्त्रअन्तर्गतको कार्यदल स्तरमा अध्यादेश ल्याउने, सरकारका कामलाई अझै प्रभावकारी बनाउने, संसद्मा विधेयकलाई प्रभावकारी बनाउने विषयमा छलफल हुँदै आएको छ ।


सम्बन्धित समाचार