Logo

२७ माघ,ठोरी । ठोरी गाउँपालिकामा ’स्थानीय पर्यटनको प्रवद्र्धनमा हाम्रो भुमिका विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । आइतवार ठोरी जङ्गल रिसोर्टको आयोजनामा ठोरी गापा –२ मा सम्पन्न कार्यक्रममा ठोरीका ५ ओटा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता थियो ।

प्रतियोगितामा सरस्वती मावि ठोरीकी छात्रा रोशिका विष्ट प्रथम , नेरा मावि ओडारकी छात्रा भावना खड्का द्वितीय र मावि विजयवस्तीकी छात्रा प्रतिमा श्रेष्ठ तृतीय हुन सफल भएका छन्। प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३१ सय , २१ सय र ११ सय साथमा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताको ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत एवम् कार्यक्रमका प्रमुख अतिथि धर्मराज थापाले उद्घाटन गर्नुभएको थियो । जङ्गल रिसोर्टका सन्चालक सुदिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा चितवन राष्ट्रिय निकुन्जका सहायक वार्डेन , निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लगायत विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीको सहभागिता थियो ।

ठोरी जङ्गल रिसोर्टको स्थापना भएको तेस्रो वर्ष पुगेको अवसरमा वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको हो । यस अघि शनिबार रक्तदान कार्यक्रम गरेको रिसोर्टले सोमबार भोलि विविध कार्यक्रम गरेर वार्षिकोत्सव कार्यक्रमको समापन गर्दैछ ।


सम्बन्धित समाचार