Logo

२७ माघ,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट राजश्व छलीको आशंकामा झण्डै दुई करोड मुल्यको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट शनिबार बेलुकी प्रहरीले बा.१ ख ९९०९, ना.६ ख ५४९१ र ना.६ ख ६३९७नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेका तीन वटै ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गर्र्दा बिलबिजक भभन्दा बढी परिमाणमा १ हरोड ९५ लाख ४९२ रुपैयाँ मूल्यका सामान भेटिएप्छि सामानसहितको ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

सामानसहितको ट्रक अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार