Logo

२७ माघ,काठमाडौं । नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले, कांग्रेस र माओवादी मिलेर देशलाई पालैपालो खाइरहेको आरोप लगाएका छन् ।

आजबाट शुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्षले भट्टराईले भने, “हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो देश खाइरहेका छन् ।”

सत्तामा हुँदा केहि नगर्ने सत्ताबाट पछारिएपसिछ केहि भएन् भन्ने प्रवृत्ति उनीहरुका रहेको बताउँदै उनले भने, “फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन् ।”

साथै भट्टराईले भने, “हामीले समस्याको समाधान के ? समाधान पहिचान गर्नुप¥यो भनेर वास्तविक चर्चा गरेका छौं । थुप्रै समस्या छन् नेपालमा ? नेपाल किन विकास भएन भन्ने विषयमा प्रश्न गर्दै राजनीतिमा लागेको कारणले अल्पविकास, बेरोजगारी, परनिर्भरता र आर्थिक समस्या नै नेपाली समाजको समस्या हो ।”


सम्बन्धित समाचार