![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/Biswa-Prakash-Sharma1.jpg?fit=1000%2C600&ssl=1)
२७ माघ,काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले यथार्थमा संसद् विधायिकी कर्ममा क्षमता प्रस्तुत गर्न चुकिरहेको बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार फेर्न र एकपछि अर्को प्रधानमन्त्री बनाउनमा लगाएजति नै क्षमता ऐन कानुन बनाउनमा दलहरूले लगाउनुपर्ने औंल्याएका छन्।
‘संसद विधायिकी कर्ममा हामीले योग्यता राम्रोसँग प्रस्तुत गर्न सकिरहेका छैनौं। एकपछि अर्को प्रधानमन्त्री बनाउन, सरकार बनाउन जतिको क्षमता दल र सांसदहरूले जसरी राखेका छौं। त्यही गतिमा विधेयकहरू पारित गर्न सकेका छैनौं,’ उनले भने।
संसद् आफ्नो प्रधान दायित्वमा चुक्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको उनको जिकिर छ। विधेयक टुंगमा नपुग्नुमा एउटाले अर्कोलाई दोष दिएर उम्कने अवस्था नरहेको शर्माले औंल्याएका छन्।
भ्रष्टाचार निवारण विधेयक, शिक्षा विधेयक, अख्तियारसम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयकलाई यसपटक टुंगोमा पु¥याएर संसद्को प्रधान दायित्व सबै दलले निभाउनुपर्ने उनको भनाइ छ।