Logo

२७ माघ,काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले कानुन र अदालतको आदेश विपरीत काठमाडौं महानगरले गुण्डागर्दी गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले काठमाडौंको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाडौं महानगरले गुण्डागर्दी गरेको आरोप लगाएका हुन् ।

उनी भन्छन्, “आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला भएको छ । कथित महानगरका प्रहरी भन्नेहरूको जत्थाले गम्भीर घाइते बनाएका छन् । म विशेष आग्रह गर्न चाहन्छु कानुन र अदालतको आदेश विपरीत जसरी काठमाडौं महानगरपालिकाले गुण्डागर्दी प्रस्तुत गरिरहेको छ । सरकार कानुन बहालीका लागि के सक्षम होइन ? सक्षम हो भने सबैको जीउधनको सुरक्षा गर्न सक्रियता देखाओस् ।”

आज बिहान टेकुमा कवाडी गोदाम हटाउन पुगेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको थियो । झडपमा ५ जना घाइते भएका छन् ।


सम्बन्धित समाचार