![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/03/game-photo-1-3-1.jpeg?fit=1280%2C719&ssl=1)
२७ माघ,वीरगञ्ज । परवानीपुरको इतिहिस खेल मैदानमा भइरहेको त्रिशक्ति चौथो परवानीपुर गोल्ड कपमा जन जागृती युवा क्लब ० को विरोध ३ गोलले जित निकालेको छ । आइतबार दोस्रो दिनको खेलमा जन जागृती क्लब सिमरा वाराले हेटौंडा फूटबल एकडेमी मकवानपुरलाई पराजित गरेको हो । जन जागृती युवा क्लब सिमराका जर्सी न. १६ का मोहित गुरुङले दुई गोल गर्दै खेलको मैन अफ दि मैच भएको थियोे ।
मैन ओफ दि मैचलाई पुर्व गा. बि. स. अध्यक्ष तथा बिरगंज महानगरपालिका वाड न २१ का वाड सदस्य जतन राउत कुर्मीले नगद ५ हजार सहित मेड्ल सहित सम्मान गरेका थिए । भोलिको खेल बिरगंज युनाइटेड क्लब बिरगंज र जनकपुर स्पोट्र्स कल्ब धनुषाधाम जनकपुर बिच हुने आयोजक टिमका वरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तवले जानकारी दिएका छ्न ।
खेलमा प्रथम हुने टिमलाई नगद जनही ३ लाख १ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार दिने आयोजक टिमका अध्यक्ष अलि अख्तर आलमले बताए । चाचान ग्रुपका त्रिशक्ति सिमेन्ट र नारायणी रिफाइनको मुख्य प्रायोजक तथा विभिन्न स प्रयोजनको सहयोगमा उक्त खेल भइरहेको सचीव धुरुप मन्डलले बताएका छ्न ।