![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/check-1536x1152-1.jpg?fit=1536%2C1152&ssl=1)
२७ माघ,वीरगञ्ज । जनमत पार्टी पर्साको आयोजनामा जारी शिविरले आजपनि निरन्तरता पाएको छ । अभियान अन्र्तगत आज जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ खलुचडीमा शिविर सम्पन्न भएको हो ।
शिविरबाट एक सय ५९ जनाको निःशुल्क आँखाको चेकजाँच गरिएको जनमत पार्टी पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए । उनका अनुसार आज चेकअप गराएकामध्ये ५४ जनालाई मोतियाबिन्दुको समस्या फेला परेको छ ।
उनीहरु सबैको वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष सर्राफको भनाइ छ ।
पार्टीका क्षेत्र नम्बर ४ संयोजक बृजेश्वर चौधरीको अधयक्षतामा आयोजित शिविरमा गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी, स्थानीय अगुवाहरु सोनालाल रौनियार, मदिस राउत गद्दी, तबरेज राउत गद्दी, प्रहरी सहायक निरिक्षक पल्टु ठाकुर, जनमत पार्टीका नेताहरु जय भोले, रुक्सना खातुन लगायतको सहभागीता थियो ।
यसैबिच जारी शिविरबाट हालसम्म एक हजार ८६० जनाको निःशुुल्क आँखाको चेकजाँच गरिएको छ भने ५१० जनाभन्दा बढीको मोतियाबिन्दूको शल्यक्रिया गरिएको जनमत पार्टी पर्साले जनाएको छ ।
शिविर पर्साका विभिन्न वडाहरुमा निरन्तर चल्ने जनाइएको छ ।