![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/santosh-pariyar_zY4Zqm9WGr.jpg?fit=1138%2C580&ssl=1)
२८ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरु परिचालन गरिएको आरोप लगाएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै परियारले राज्यले संविधान विपरीत दलित समुदायमाथि दमन र अन्याय गरिरहेको आरोप लगाएका हुन्।
’दलितमाथि हरेक वर्ष भइरहेको अन्याय र हत्याविरुद्ध कानुन बनाएर ठोस कदम चाल्न म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ’हामीले व्यवस्था परिपर्वतन ग¥यौँ, संविधान बनायौँ तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलितहरू घरबास उठिवास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरु र दलितलाई मान्छे हुन नदिनको लागि प्रयोग हुनुपर्ने?’
उनले दलितहरूलाई ३५ सय वर्षदेखि मान्छे हुन नदिइएको भन्दै आपत्ति जनाए। ’माक्सवादी आन्दोलनबाट खारिएर आएका नेताहरु हुनुहुन्छ। तर यो राज्य संविधान मान्दैन। दलित समुदायलाई हरेक वर्ष घातक बनाउँछ विछिप्त बनाउँछ,’ उनले भने, ’राज्यले अन्याय गर्छ सभामुख महोदय। राजनीतिक पार्टीहरुसँग त हाम्रो विश्वास टुटिसक्यो।’