![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/chhabilal_joshi.jpg?fit=980%2C600&ssl=1)
२९ माघ, काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
हिजो अदालतमा उपस्थित भएका जोशीलाई न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार थप प्रमाण पछि बुझ्दै गए अनुसार हुनेछ ।
यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख रुपैयाँ र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ ।
सुप्रिम सहकारी ठगीमा मुद्दामा रवी लामिछानेलाई न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले धरौटीमा छोड्ने आदेश गरेको थियो । अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
सुप्रिम सहकारी ठगीमा लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग दर्ता गरेपछि लामिछाने र जोशी अदालतमा उपस्थित भएका हुन् । अन्य प्रतिवादी अझै फरार छन् । पूरक अभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ ।