![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-11-at-10.45.07-AM-scaled.jpeg?fit=2560%2C1441&ssl=1)
२९ माघ, वीरगञ्ज । पानीको उचित निकास नहुँदा डुबानमा परेको वीरगञ्ज महानगरपालिकाका चारवटा वडाको धान खेतमा किसानले खेती गर्न नपाएको गुनासो गरेका छन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७, २४, २५ र २६ मा पर्ने खेतहरु पानी निकास नहुँदा गएको बर्षामा डुबानमा परेको थियो ।
त्यहि डुबानको पानी अहिलेसम्म नसुक्दा किसानले यो बर्ष गहुँखेती गर्नै नपाएको गुनासो गरेका हुन् । धान रोपाई गरेपछि डुबानमा परेको चारवटा वडाका खेतहरु वीरगन्ज महानगरपालिकाको जेसीबीले नाला खनेर पानीको आस्थायी निकास दिएपनि त्यसले वडावासीहरुको खेतको पानी सुक्न पाएको छैन । अहिलेपनि दुईसय विगाह खेतमा पानी जमेको छ ।
बर्षाकै पानी अहिलेसम्म नसुक्दा चारवटै वडाका किसानले हिँउदेबाली गहुँ लगाउन नपाएको गुनासो गरेका छन् । वीरगन्ज एकीकृत भन्सार जाँचचौकी र ड्राईपोर्टदेखि पथलैयासम्म निर्माण गरेको ६ लेनको व्यापारिक मार्गको छेउको नाला खेतको सतहभन्दा माथि बनाईएको, महानगरका वडाहरुमा जथाभावी जग्गाहरु प्लटिङगर्दा पानीको निकास हुने ठाउँ परिएको र नहरबाट आउने पैनी पनि सडक निर्माण र प्लटिङ गर्ने क्रममा पुरिँदा पानीको निकास नभएर खेतमै जमेको स्थानीयले बताएका छन् ।
अहिले सुक्खा मौसममै पानीको निकासको लागि व्यावस्था नगरे आउने बर्षायाममा फेरी चारवटा वडाको धान खेत र वस्ती नै डुबानमा पर्ने चिन्ताले वडावासीलाई सताएको छ । डुबान प्रभावित क्षेत्रको सोमबार संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य सहित सञ्चारकर्मीहरुको टोलीले पनि स्थलगत अनुगमन गरेका छन् ।
अमात्यले चारवटै वडाको डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि त्यसको तत्कालिन निकास र दीर्घकालिन निकासका लागि सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका छन् । यसअघि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल सहितको सुरक्षा निकायको टोलीले पनि प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका छन् ।
उनीहरुले पनि खेतमा जमेको पानीको निकासका लागि उचित पहल गर्ने बताएको स्थानीयले बताएका छन् । डुबान प्रभावित क्षेत्र चरवटा वडाका गउँहरु श्रीसिया,सुगौली आठराहा ,बहुअरी र आलौको जनताहरु विगत ६ महिना देखि जनप्रतिनिधिहरुसंग समस्याको समाधान गर्न लगायतार माग गर्दै आईरहेका छन् ।
अव्यवस्थित सहरीकरण, जथाभावी गरिएको प्लटिङ र हचुवामा गाउँलाई महानगपालिकामा गाभेपछि खेतीयोग्य जग्गा वसोवासमा परिणत भएपछि पानी निकास हुने ठाउँहरु थुनिएका छन । जसको परिणाम स्वरुप वीरगञ्ज महानगरपालिकाको चारवटा वडामा रहेको २ भन्दा वढी जग्गाहरु केहि बर्ष देखि डुबानमा पर्दै आएको छ ।