Logo

२९ माघ,काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्।

काठमाडौंमा भएको महाधिवेशनबाट पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित बनेकी हुन् । महिला उपाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित बनेकी हुन् ।

अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।

यस्तो छ निर्विरोध निर्वाचित हुने पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यहरू सूची

उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई
उपाध्यक्ष (दलित) – दुर्गा सोब

कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– मणि राई
कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी
मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) – बीबी समिना खातुन

बागमती प्रदेश केन्द्रीय सदस्य (महिला)– वसुन्धरा सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनिता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– लक्ष्मी प्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मिरा कुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला)– लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य–

खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाति युवा महिला – मञ्जुमाया तामाङ
मधेशी महिला – अमृताकुमारी देवी
दलित के.स. युवा – हिक्मत विक
थारू महिला – गीता थनेत


सम्बन्धित समाचार