Logo

२९ माघ,रौतहट । नेपाल प्रहरीले कागजात नभएका १६ वटा मोटरसाइकलहरूलाई रौतहटस्थित गौर भन्सार कार्यालयमा बुझाएको छ ।

माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका निकायबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा गरेको सवारी साधनहरूको चेकिङका क्रममा ती मोटरसाइकलहरू बरामद गरेको थियो ।
प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ती मोटरसाइकलहरूको अनुमानित मूल्य १२ लाख रुपैयाँ रहेको छ

 


सम्बन्धित समाचार