२९ माघ, सेंढवा । पर्साको ठोरी गाउँपालिकामा गएको आइतबार दिउँसै एकजना वृद्ध नगद सहित लुटिएपनि अहिलेसम्म घटनामा प्रहरीले उपलब्धि हासिल गर्न सकेको छैन । पर्साको जीराभवानी गाउँपालिका वड–नम्बर एक पकडी टोलका ७० वर्षीय वृद्ध बङगाली बण्ठको २२ हजार नगद आईतबार अपरिचित व्यक्तिले लुटेर भागेका थिए ।
बंगाली बण्ठाका छोराले मलेसियाबाट पठाएको रकम ठोरी गाउँपालिका वडा नम्बर–५ सुवर्णपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट झिकेर धानको बिउ र मल किन्न लिएर आउने क्रममा २७ गते आइतबार दिउँसो दुई बजेको समयमा केही अपरिचित युवाले प्रहरीको असइ हो, के लिएर हिडेको ? भनेर ? धम्क्याई सुवर्णपुर गाउँ नजिकबाट उनको साथमा रहेको नगद लिएर मोटरसाइकलमा भागेका पीडितले बताए । घटना भए लगतै पीडित वृद्धले प्रहरी चौकी सुवर्णपुरमा निवेदन दिएको भएपनि अहिलेसम्म प्रहरीले लुटेराहरु पत्ता लगाउन पहल नगरेको पीडितले गुनासो गरेका छन् ।
सुवर्णपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवराज ठाकुरले भने घटना लगत्तै सीसीटीभी क्यामेरामा हेरेर पीडितले बताएको हुलिया अनुसार शंकास्पद दुईजनालाई ल्याएर अनुसन्धान गरेको बताउनुभयो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले लुटेको प्रमाण नखुलेपछि जिम्मा जमानीमो छोडिएको बताए । यता ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाले भने आफुलाई वृद्ध लुटिएको बिषयमा प्रहरी चौकी सुवर्णपुरले रिपोर्टिङ नै नगरेको र आफुले तत्कालै यस बिषयमा गम्भीर भएर लाग्ने बताए ।
आईतबार नै घटेको घटनाको मातहतलाई जाहेर गर्नुपर्ने भएपनि प्रहरी सहायक निरीक्षक ठाकुरले अहिलेसम्म इलाका प्रहरी कार्यालय ठोरीलाई जानकारी नगराउनु र घटनाका दोषी पत्ता नलाग्नुपने प्रहरी माथि नै शंका उब्जिएको छ । प्रहरी सहायक निरीक्षक ठाकुरका अनुसार उनले शंकास्पद दुईजनालाई ल्याएर अनुसन्धान गर्दा एकजना प्रहरी हवल्दारकै भाञ्जा रहेको र केरकार गरेर जमानीमा छोडिदिएको बताएकाले पनि घटना रहस्यमय र शंकास्पद देखिएको छ ।
प्रहरी सहायक निरीक्षक ठाकुरले भनेको कुरा र वृद्धको कुरा पनि मिलेको छैन । वृद्धले लुटेराले असई हो के बोकेको भनेर ? धम्क्याएर रकम लुटेको बताएका छन् । तर, प्रहरी सहायक निरीक्षकले भने वृद्धलसँग लुुटेराले छोरालाई उपचारको लागि पैसा चाहिएकोले वृद्ध आफैले दिएर पठाएको भनेका छन् ।