Logo

३० माघ,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा उपमेयर नजमु शेहरले नगरपालिका कार्यलयमा तालाबन्दी गर्नुभएको छ ।

मेयर किशोरी प्रसाद कलवारले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गर्दै एकलौटी रूपमा निर्णय लिन खोजेको आरोप लगाउँदै उपमेयर शेहरले नगरपालिकाको मूल गेट मै तालाबन्दी गर्नुभएको हो । नगर सभाबाट बजेट बाँडफाँड भएर योजना कार्यान्वयनको क्रममा मेयरले अनावश्यक हस्तक्षेप गरिरहेको शेहरले आरोप लगाउनुभयो ।

मेयर कलवारको हस्तक्षेपका कारण बाध्य भएर आफूले तालाबन्दी गर्नुपर्ने स्थिति सृजना भएको उहाँको भनाइ रहेको छ । उनले मेयरका गतिविधि र प्रशासनमा समेत गम्भीर आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतसँगको असहयोग र कर्मचारीलाई समयमै तलब नपठाउने जस्ता समस्याहरू उठाउनु भएको छ ।

साथै, न्यायिक समिति सञ्चालन नहुने समस्याको पनि उहाँले ध्यानाकर्षण गराएकी छिन् । मेयर किशोरी प्रसाद कलवारले भने उपमेयर शेहरले लगाएको सम्पूर्ण आरोपहरूको खण्डन गरेका छन् । उहाँले सबै आरोप असत्य रहेको र आफूले कुनै कार्यादेश रोक्न आदेश नदिएको स्पष्ट पार्नुभएको छ ।


सम्बन्धित समाचार