Logo

१ फागुन, वीरगञ्ज । ठाकुर राम बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ (ने.वि.संघ) इकाई अध्यक्षमा राहुल दास चयन भएका छन् ।

विद्यार्थी भेलाबाट ईकाईको अध्यक्षमा दासलाई चयन गरिएको संघका केन्द्रीय सदस्य ई. मनु राज तिवारीले जानकारी दिए ।

लामो समय देखि रिक्त रहेको उक्त पदमा संघको विधान २०२७ को सातौँ संसोधन २०७५ एंम केन्द्रीय कार्य समितिको निर्देशन अनुसार दासलाई चयन गरिएको तिवारीले बताए ।

नेविसंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि विकेश पटेलको उपस्थितिमा दासलाई अध्यक्षमा चयन गरीएको हो ।


सम्बन्धित समाचार