![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/10/goldsilver_yyhWDXDJZS.jpeg?fit=936%2C608&ssl=1)
१ फागुन,काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।