![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/lospa.jpg?fit=1200%2C668&ssl=1)
१ फागुन,काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने भएको छ । अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका छन् ।
यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष छ ।
राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जसपा नेपालले पनि यसअघि नै यो अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । सरकारमै सहभागी लोसपाको राष्ट्रियसभामा एक सीट छ ।