Logo

२ फागुन,वीरगञ्ज । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापामारेर विभिन्न औषधिहरु बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ गणेशमान चोक नजिकै कुम्हाल टोल स्थित सहवाज आलमको घरमा छापा मारेर विभिन्न औषधिहरु बरामद गरेको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाले बताए ।

भारतबाट भन्सार छली ल्याएर सहवाज आमलको घरको भान्सा कोठा, बेडरुम लगायतका विभिन्न स्थानमा अवैध रुपमा भण्डारण गरि राखिएको औषधिहरु बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बाले बताए ।

भारतबाट भन्सार छलि ल्याईएका भारतीय कम्पनीका औषधिहरु भण्डारण गरि नेपालका विभिन्न स्थानमा पठाउने गरेको सूचनाका आधारमा गएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेर औषधि बरामद गरेको हो । बारमद गरिएको औषधि आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बाले बताए ।

 


सम्बन्धित समाचार