२ फागुन,वीरगञ्ज । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बिरगंज महानगर कमिटि गठन गरेको छ ।
वीरगञ्जको त्रिजुद्घ माध्यमिक बिद्यालय परिसरमा आज बसेको पेन्सन बन्चित शिक्षकहरुको भेलाले प्रेमचन्दं झाको अध्यक्षतामा १७ सदसिय कमिटी गठन गरेको हो । नवगठित समितीको उपाध्यक्षमा प्रवेज आलम महिला उपाध्यक्षमा रोजी साह ,सचिवमा अरुण कुशवाहा , सहसचिवमा काजल किरण सर्राफ , राज कुमार ठाकुर , कोषध्यक्षमा हृदयानन्द ठाकुर , सह कोषाध्यक्षमा गुण प्रसाद पौडेल लगायतका रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथी समितीका पर्सा जिल्ला अध्यक्ष रामबालक यादवले अध्यादेशमा गरिएको व्यावस्था विभेदकारी भएको भन्दै खारेजी नभएसम्म आफुहरुले ससंक्त रुपमा संगठन बिीतार गरी कडा आन्दोलन गर्ने चेतावनी दिए ।
अध्यक्ष यादवले विगतमा भएका सबै सम्झौताहरु अक्षरःस ऐनमा नसमेटिए ठूलो आन्दोलन हुने चेतावनी दिँदै ऐन जारी भएको मितिभन्दा अगाडि नियुक्त भएका शिक्षकहरूलाई पुरानै पेन्सन प्रणाली अनुसार पेन्सन लागू गर्नु पर्ने भन्दै शिक्षा मन्त्री विद्या भट्टाराईले मौखिक रूपमा भन्दैमा शिक्षकहरू विश्वास नगर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला सचिव बिन्दुभुषण साहले २०७५÷१२÷०४ पछि नियुक्त शिक्षकहरुलाई भूतप्रभावी कानून लागू गर्ने अध्यादेश जारी गर्नु आफैमा गलत, अन्यायपूर्ण र घोर आपत्तिजनक रहेको बताए ।
पेन्सन बन्चित शिक्षक संर्घस समिती महानगर कमिटी गठन कार्यक्रममा जिल्ला उपाध्यक्ष बिमाला श्रेष्ठले पर्साका पेन्सन बन्चित शिक्षकहरु एक ढिक्का भई आफनो अधिकारको लागि जुन सुकै बेला हुने आन्दोलनको लागि तयार रहन आग्रह गरे ।

















