
४ फागुन,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले आज आफ्नो कार्यसमिति विस्तार गरेको छ ।
जनता समाजवादी र जसपा नेपालबिच पर्सामा पार्टी प्रवेशको लहर चलिरहकै बेला जसपा नेपालले आइतबार तीनजनालाई मनोनित गरेको छ । खाली रहेका पदमा तीनजनालाई मनोनित गरिएको जसपा नेपाल पर्साले जनाएको छ ।
जसपा नेपालले कार्यसमितिमा दुइजना र महानगरको सचिवमा एकजना मनोनित गरिएको पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवले बताए । एक कार्यक्रमबिच तीनैजनालाई टिका माला लगाएर जसपा नेपालका वरिष्ठ नेता एवम् पूर्वमुख्यमन्त्री लालबाबु राउतको सहभागीतामा जिल्लाको नेतृत्वले मनोनित गरेको हो ।
जिल्ला कार्यसमिति सदस्यद्वयमा हसमुद्दिन देवान र अच्छेलाल प्रसादलाई मनोनित गरिएको हो । यसैगरी महानगरको सचिवमा अरमान हवारीलाइ मनोनित गरिएको जिल्ला अध्यक्ष यादव बताउँछन् ।
मनोनित तीनैजनालाई प्रमाणपत्र समेत दिइएको जसपा नेपालले पर्साले जनाएको छ ।