
५ फागुन,धनुषा । जनकपुरधाम उपमहानगरपालिका–८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटपसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले सिराहा कर्जन्हा नगरपालिका–९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका–८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय जेनिस साहलाई आइतबार पक्राउ गरेको हो ।
प्रहरीले भुवनेश्वर र जामुनको साथमा नगद १० लाख रुपैयाँ, २ थान मोबाइल तथा जेनिससँग ४७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थान समान बरामद गरेको छ ।हाल पक्राउ गरी उनीहरूलाई कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।