
५ फागुन,काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी बजारका विभिन्न घरमा आइतबार बेलुका भएको आगलागिबाट ७ करोड ३० लाख क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार स्थानीय पदमशेर राईको घरबाट आइतबार बेलुकी आगलागी सुरु भएको थियो।
घरको पहिलो तलामा रहेको हार्डवेयर पसल र सोही घरमा रहेको निर्धन उत्थान लघुबित्त कार्यालय पूर्णरुपमा क्षति भएको छ।
सोही ठाउँस्थित आइरख राईको न्यु कल्याण होटल र घर, प्रकाश चन्द्र गिरीको हलेसी दर्शन होटल र भरणशेर राईको पारूहाङ होटलमा समेत आगलागी भएको छ। आगलागीमा करिब ७ करोड ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।