
६ फागुन,काठमाडौँ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी पुगेका हुन् । साथमा पत्नी निकिता पनि छिन् ।
स्वर्णलक्ष्मीको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।