Logo

६ फागुन,वीरगञ्ज । सामाजिक संस्था रिलिफ सोसाईटी अफ कमर्सले ३३ औं बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

रिलिफ सोसाईटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा उद्योगी मुरलिधर रुगटाले उदघाटन गरेका थिए । बार्षिकोत्सवको अवसरमा सामाजिक संस्था रिलिफ सोसाईटी अफ कमर्सले विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

रिलिफ सोसाइटी अफ कमर्स, वीरगन्जको मंगलबार बसेको बैठकले आफ्नो ३३ औं वार्षिक सभाको अवसर विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने गरेको छ ।

शिक्षा क्षेत्रमा योगदान पु¥याएका हृदयानारायण चौधरीलाई स्वर्गीय विहारीलाल लाठ कर्मवीर सम्मानबाट सम्मानित गरिएको छ । त्यस्तै शिक्षक तथा साहित्यकार प्रमोद पाण्डे, अनिता साह, नन्दकिशोर गोयल र महिला उद्यमी यसोदा गजुरेललार्ई सम्मान गरिएको छ ।

यसैबीच संस्थाले विभिन्न स्थानका गरिब विपन्न महिलाहरुलाई आयआर्जनका लागि सिलाई मेशिन पनि वितरण गरेको छ । रिलिफ सोसाईटी अफ कमर्सले हरेकबर्ष वितरण गर्दै आएको सिलाई मेशिन यसबर्ष ११ जना महिलाहरुलाई वितरण गरिएको संस्थाका सल्लाहाकार गणेश लाठले जानकारी दिए ।

सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका रिलिफ सोसाइटी अफ कमर्सको स्थापना स्वर्गीय विहारीलाल लाठले गरेका थिए ।


सम्बन्धित समाचार