
७ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको नयाँ नेतृत्व चयनको लागि आज भएको मतदान सकिएको छ । आज बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो १ बजे सकिएको हो । एकसय ३४ मतदाता संख्या रहेको शाखाको मतदान एकसय ३३ जनाले मतदान गरेको निर्वाचन समिति सदस्य प्रभाकर गुप्ताले जानकारी दिनुभयो ।
शाखाका कार्यसमितिकिो १७ पदको लागी ३३ जनाको उमेदवारी परेको छ । सभापतिमा बिरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ । कणेंलको प्यानलमा महिला उपसभापतिमा मधुराणा, मन्त्रीमा विनोद गिरी, खुला उपसमाभतिमा भगवती चौधरी, कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत, उपमन्त्रीमा सन्तोष गुप्ता, उपकोषाध्यक्षमा पवित्रा गजुरेलले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै सदस्यहरुमा शिवनाथ यादव, दिनानाथ रौनियार, मदन प्रसाद गुप्ता, जितेन्द्र कुमार वर्मा, बाबुनन्द चौरसिया, अलिअसगर देवान, महिला सदस्यमा दिपाली चौरसिया र कविता खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै पटेलको प्यानलमा महिला उपसभापतिमा सुश्री सरिता कुमारी यादव, उपसभापित खूलातर्फ बिनोद कोईरी, मन्त्री पदको लागि महन्थ प्रसाद यादव, कोषाध्यक्षमा काशी प्रसाद साह तेली, उपन्त्रीमा साविर अहम्मद एराज र उपकोषाध्यक्षमा अफरोज अहम्मदको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
३ जना महिला सदस्य पदको लागि पाच जनाको उमेदवारी परेको छ भने ७ जना सदस्य पदमा १४ जनाको उमेदवारी परेको निर्वाचन समिति सदस्य गुप्ताले बताए । मतदान सकिए लगत्तै मतगणनाको कार्यतालिका तय भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अन्तर्गत ग्रामिण भेगतर्फ १४ वटा उपशाखा र शहरी क्षेत्रमा ८ वटा गरी कुल २२ वटा उपशाखा रहेको छ ।