Logo

७ फागुन,वीरगञ्ज । संरक्षणको अभावमा कुरुप बन्दै गईरहेको सुवर्णपुर सहिद स्मारकको बुधबार सरसफाई गरिएको छ । ठोरी गापा –५, सुवर्णपुरमा रहेको सो स्मारकको सरसफाइ नहुँदा कुरुप बन्दै गईरहेको थियो ।

प्रजातन्त्र दिवसको अवसर पारेर स्मारकको सरसफाई एवम् सहिदहरुप्रति श्रध्दाञ्जली कार्यक्रम गरिएको ठोरी गापा –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र ठोरीका नेताकार्यकर्ताहरुको सक्रियतामा कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष लोप्चनले बताए ।

सो स्मारकमा जनयुद्धका समयमा सहादत प्राप्त गरेका सहिदहरुको अर्धकदको शालिक रहेको छ । कार्यक्रममा सहिदहरुलाई माल्यार्पण गरेर श्रध्दाञ्जली व्यक्त गरिएको कार्यक्रममा सहभागी माओवादी केन्द्र ठोरीका युवा नेता घनश्याम रिसालले बताए ।

 


सम्बन्धित समाचार