Logo

७ फागुन,वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले लागू औषध चरेस बरामद गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटेको टोलीले पर्साको जिराभवानी गाँउपालिका वडा नं.–५ स्थित भलुवाही खोलाबाट चरेस बरामद गरेका छन् ।

आज दिउँसो करिब सवा २ बजे भरिएको एक बोरा झाडीमा लुकाइएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक थापाले जानकारी दिए । बरामद भएको बोरामा २४ वटा पोका चरेस जस्तो देखिने पदार्थ भेटिएको प्रहरी निरीक्षक थापाले बताए । बरामद पोकाहरुको नापतौल गर्दा ११ केजी ९५० ग्राम गाँजा भेटिएको प्रहरी निरीक्षक थापाले बताए ।

 


सम्बन्धित समाचार