Logo

७ फागुन,काठमाडौं । गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ। जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ। तथ्याङ्क विभाग मलेसियाले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको छ।

कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१ प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू छन्। पुरुष जनसंख्या २०२३ को चौथो त्रैमासिकमा १७.७ मिलियनबाट बढेर १८ मिलियन पुगेको छ।

जबकि महिलाहरूको जनसंख्या १६ मिलियनबाट बढेर १६.२ मिलियन पुगेको छ। चौथो त्रैमासिकमा जातीय मलेसियालीहरू जनसंख्याको ५८.१ प्रतिशत थिए। जुन एक वर्ष अघिको ५८ प्रतिशतबाट थोरै बढेको थियो। सोही अवधिमा भारतीयहरूको संख्या ६.६ प्रतिशतबाट घटेर ६.५ प्रतिशतमा झरेको छ भने चिनियाँहरूको संख्या २२.४ प्रतिशतमा अपरिवर्तित रहेको छ।
एजेन्सी


सम्बन्धित समाचार