
७ फागुन,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पर्साको बैठक आज सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज बिजय महतोको अध्यक्षता तथा केन्द्रीय सदस्यहरुको उपस्थितिमा बसेको बैठकमा फागुन १२ गतेदेखि पार्टीले सञ्चालन गर्ने हुलाकी राजमार्ग जनजागरण अभियानको तयारीको बारेमा छलफल भएको जिल्ला इञ्चार्ज विजय महतोले जानकारी दिए ।
पार्टीले फागुन १२ गतेबाट पूर्वको झापादेखि शुरु गर्ने हुलाकी राजमार्ग जनजागरण अभियान सफल बनाउन पार्टी निकटका जिल्लाका सबै जनवर्गीय संगठनहरुसँग छलफल गरिएको छ ।
बैठकमा पार्टीका निर्बतमान जिल्ला अध्यक्ष रामदरश कुशवाह, बुद्विजीवी संगठनका शत्रुध्न गिरी, मगर राष्ट्रिय मुक्ति मोर्चाका कमल पिठाकोटे मगर, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज कहर सिहं आले मगर, अखिल नेपाल महिला संघका हिरा भट्टराई, अखिल नेपाल किसान संघका जयनारायण चौधरी, वाइ सि एल का जिल्ला संयोजक दिपेन्द्र सिंह पटेल, अखिल क्रान्तिकारी महानगर अध्यक्ष राम बाबु मण्डल, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य महेन्द्र राम, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष टुनटुन तिवारी, मगर राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष रमेश ढलामी मगर, मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष जफर अंसारी लगायतको उपस्थिति रहेको थियो ।