Logo

७ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको कार्यसमितिको पुरुष सदस्यतर्फको मतगणना सम्पन भएको छ । सम्पन्न मतपरिमाण अनुसार विरेन्द्रराज कडेँल प्यानलका ६जना सदस्यहरु विजयी भएका छन् । कडेंलको प्यानतर्फबाट उम्मेदवार बनेका सदस्यहरुमा शिवनाथ यादवले ७२ दिनानाथ रौनियार ७०, मदन प्रसाद गुप्ता ७०, जितेन्द्र कुमार वर्मा ७०, बाबुनन्द चौरसिया ६५, अलिअसगर देवान ६५ मत ल्याएका छन् ।

वृजकिशोर पटेलतर्फका उम्मेदवार जयकान्त उपाध्यायले ५३ मत लयाएका छन् । एकसय ३४ मतदाता संख्या रहेको रेडक्रस सोसाईटी पर्सा शाखामा १३३ मत खसेको थियो । ७ जना सदस्य पदमा १४ जनाको उमेदवारी परेको थियो । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अन्तर्गत ग्रामिण भेगतर्फ १४ वटा उपशाखा र शहरी क्षेत्रमा ८ वटा गरी कुल २२ वटा उपशाखा रहेको छ ।


सम्बन्धित समाचार