
७ फागुन, पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–७ टिकुलियामा आज निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौली पर्साको आयोजनामा पर्सागढी नगरपालिका कार्यालयको आर्थिक सहयोगमा वडा नम्बर–७ को समन्वय तथा बीरगंज समुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर र जेष्ठ नागरिकहरुलाई चस्मा वितरण गरिएको छ ।
शिविरमा १५५ जनाको आँखा चेकजाँच गरिएकोमा त्यस मध्ये ४५ जनामा मोतियाबिन्दु फेला परेको वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल कोअर्डिनेटर महेशसिंह धामीले बताए । मोतियाविन्दु फेला परेकाहरुलाई आउने शुक्रबार निःशुल्क शल्यक्रिया गरिने धामीले बताए ।
साथै शिविरमा ८० जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क चस्मा बितरण र आँखाका समस्या भएका अन्यलाई औषधि बितरण गरिएको संयोजक धामीले बताए । पर्सागढी नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष शंकर रायभरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रीमा चौधरी मैनाद्दीन अन्सारी, चन्दा पटेल लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामी, प्रभात प्रसाद चौरसिया, राजेश प्रसाद, ओम कुमार लगायतले आँखा परीक्षणमा सहयोग गर्नुभएको थियो । शिविरमा आयोजक संस्था सहज नेपालकी अध्यक्ष ललिता देवी र कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।