Logo

७ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको कार्यसमितिको महिला सदस्यतर्फको मतगणना पनि सम्पन भएको छ । सम्पन्न मतगणना अनुसार महिला सदस्यमा कविता खड्का, मूना खनाल, बबिता कुमारी कानु विजयी भएका छन् । कविता खड्काले ८३ मत, मूना खनाल र बबिता कुमारी कानुले ७०–७० मत ल्याएका छन् । महिला सदस्यमा पनि विरेन्द्रराज कडेँल प्यानलका दुईजना विजयी भएका छन् । तीनजना महिला सदस्य मध्य कविता र बबिता दुवैजना कडेँल प्यानलकै सदस्यहरु हुन् ।


सम्बन्धित समाचार