Logo

८ फागुन,वीरगञ्ज । पर्सा प्रहरीलेले चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्कमा घरकोठा भाडामा लिइ बस्ने वर्ष ३० की आरती यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले यादवले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ग्यालेन विनाको ११ के.जी. ४०० ग्राम बरामद गरेको पर्सा प्रहरी प्रवक्ता सुबास भट्टले बताए ।

पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार