Logo

९ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् ।

’प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले corrupt (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’ उनले लेखेका छन् ।

यसअघि गएराति नै उनले स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए । मध्यराति सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेख्दै उनले अमेरिकीहरू अल्छी भएको कटाक्ष गरेका थिए । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाएर संसारलाई अघि बढ्न दिन उनले ट्रम्पलाई आग्रह गरेका थिए ।


सम्बन्धित समाचार