Logo

९ फागुन,ठोरी । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरमा रहेको कलश गाई फार्मको शुक्रवार जनप्रतिनिधी र पशु प्राविधिकको टोलीले अनुगमन गरेको छ ।
जिल्ला पशु प्राविधिक कार्यालय पर्साको टोलीले अनुगमन पश्चात गाईको उपचार सुरु गरेको छ।

समस्या ग्रस्त भएर दानापानीको समस्याका कारण गाइ मर्न थालेपछि ठोरी गापाका अध्यक्ष लाल बहादुर श्रेष्ठ ,माओवादी केन्द्र बारामा इन्चार्ज अनिल श्रेष्ठ ,ठोरी –५ का वडाध्यक्ष अस्ट बहादुर लोप्चन , काङ्ग्रेस मधेस प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ लगायत जिल्ला पशु प्राविधिक कार्यालय,पर्साका प्राविधिक एवम् विद्युत प्राधिकरणको टोलीले अनुगमन गरेको हो ।

टोलीको अनुगमन पश्चात् सो फार्ममा ७ दिनका लागि लाईन जोडिएको छ । ७ दिन पश्चात पनि विद्युत वक्यौता भुक्तानीको प्रयास थालिने टोलीमा सहभागी वडाध्यक्ष लोप्चनले बताए ।  सो गाई फार्मको समस्याको बारेमा पहिलो पटक रेसखबरबाट समाचार बाहिरिएपछि मधेसका मुख्यमन्त्री सतिस सिंहले समेत ध्यानाकर्षण भएको सामाजिक सन्जाल मार्फत जानकारी गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस् :-

सुवर्णपुरको गाई फार्मको अवस्था दयनीय (भिडियो सहित)


सम्बन्धित समाचार