
१० फागुन,ठोरी । समस्याग्रस्त कलश गाई फार्मको शनिवार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , पर्सा प्रहरी प्रमुख गौतम मिश्र लगायतको जिल्ला उच्च अधिकारीको टोलीले निरीक्षण गरेको छ ।
सो अवसरमा ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुली रेग्मीको पनि सहभागिता थियो । टोलीले फार्मको अवस्थाको स्थलगत अवस्थाका बारेमा जानकारी लिएको हो ।
यस्तै आज नै पर्साका पशु व्यवसायी र पशु चिकित्सकको टोलीले फार्ममा रहेका बिरामी र कमजोर अवस्थाका गाइको उपचार गरेको छ । दाना र औषधि सहित पशु चिकित्सक डा. दिनेश कुमार तिवारीको नेतृत्वमा आएको टोलीले फार्ममा रहेका बिरामी गाइको उपचार गरेको ठोरी –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिनुभयो ।
सो क्रममा जिल्लाका विभिन्न पशु प्राविधिक र पशु व्यवसायी एवम् जीराभवानी – १ का वडाध्यक्ष रामशरण खवासको पनि उपस्थिति थियो ।
पछिल्लो समय सो फार्ममा रहेको गाइको जीवन रक्षाका निमित्त सर्वत्र चासो बढेको छ ।
यो पनि पढ्नुहोस् :-
सुवर्णपुरको कलश गाई फार्ममा पशु प्राविधिकको टोलीद्वारा अनुगमन,उपचार सुरु
सुवर्णपुरको गाई फार्मको अवस्था दयनीय (भिडियो सहित)