
१२ फागुन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट ठुलो परिमाणमा लागुऔषध चरेस बरामद गरिएको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेका तीन जनाबाट चरेस जस्तो देखिने लागुऔषध बरामद गरिएको इलाका पहरी कार्यालय कृष्णनगरले जनाएको हो ।
पक्राउ पर्नेमा रोल्पा उवा गाउँपालिका वडा नम्बर ४ हल थवाङका ४८ वर्षीया प्रेमसरी रोका, रुकुम पुर्व भुमे गाउँपालिका वडा नम्बर २ की २६ वर्षीया सरिता पुन मगर र कपिलवस्तु साविक शिवगढी गाविस वडा नं ४ हाल शिवराज नगरपालिकाका बस्ने ६६ वर्षीय सुकलाल घर्ती मगर रहेका छन् ।
उनीहरूबाट करीब १५ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ. । तीनै जनालाई लागुऔषध कारोबारको आरोपमा जिल्ला अदालत कपिलवस्तुबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।