
१२ फागुन, वीरगञ्ज । नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान सोमबारदेखि सुरु हुन लागेको छ । झापाको कचनकवलबाट अभियान सुरु हुन लागेको हो ।
उक्त अभियानका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु झापा पुगिसकेका छन् । माओवादीले गत केन्द्रीय समिति बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तथा दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न अभियान सञ्चालन गर्न लागिएको प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । अभियान चैत ७ सम्म चल्नेछ ।
यस्तो छ अभियान तालिका
कोशी प्रदेश
झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
सुनसरी – फागुन १५ गते
मधेश प्रदेश
सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते
बागमती प्रदेश
चितवन– फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व) – फागुन २६ गते
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते
सुदुरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते