
१२ फागुन,काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सयले बढेर प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।