Logo

१२ फागुन,वीरगञ्ज । मकवानपुर प्रहरीले सानो हतियार सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

फक्राउ पर्नेमा भारत बिहार राज्य सिहुहर धनहरा गाउँ बस्ने २२ वर्षिय धिरज कुमार मोतिहारी बहरी गाउँ बस्ने २६ वर्षिय दिपक कुमार रहेका छन ।उनीहरुको साथबाट १ राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र थप २ थान गोली गरी जम्मा ३ थान गोली फेला पारेको मकवानपुर प्रहरीले बतायो ।

साना हतियार सुरक्षाकोलागि गम्भिर चुनौती पनि हो । यत्रो चेकपोष्ट पार गरेर मकवापुर पुगेपछि हतियारधारी पक्राउ पर्नु आफैमा गम्भिर बिष रहेको सुरक्षाबिज्ञको राय छ ।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा १५ रातोमाटे चेकप्वाइन्टमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

रौतहटको गौरबाट चितवनतर्फ जादैँ गरेको ना ८ ख। ८७७३ नम्बरको बसलाई रोकेर प्रहरीले जाँच गरेको थियो । सोही क्रममा बसमा सवार उनीहरुको साथबाट हतियार तथा गोली बरामद भएको प्रहरीले जनाएको छ ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनायो ।


सम्बन्धित समाचार