Logo

१२ फागुन,वीरगञ्ज । गौतम माध्यामिक विद्यालयको आयोजना सेक्सन खाना महोत्सव सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई सामाजिक विषय अन्तर्गतको व्यावहारिक अभ्यास गराउने र नेपालका विभिन्न समुदायसँग सम्बन्धित खानाहरुको पहिचान गराउने उद्देश्यले अन्तर सेक्सन खाना महोत्सवको आयोजना गरिएको गौतम माध्यामिक विद्यालयका व्यावस्थापन शाखाका शिक्षक सौराज प्रधानले बताए ।

कक्षा ८ र ९ का विद्यार्थीहरुबीच अन्तर सेक्सन खाना महोत्सवको आयोजना गरेर विद्यार्थीहरुको सीप सिकाई बढाउने र उनीहरुलाई नेपाली समाजका भिन्न्नता बीचको एकता बुझाउनका लागि खाना महोत्सवको आयोजना गरिएको विद्यालयको भनाई छ ।

खाना महोत्सवसँगै विद्यार्थीहरुले विभिन्न समुदायका नृत्यहरु पनि प्रस्तुत गरेका छन् । विद्यालयमै खाना महोत्सवको आयोजना गरेर विद्यार्थीहरुको सीप विकास तथा नेपाली खानाप्रतिको चासो बढाउने र यसलाई उत्पादन र व्यावसायसँग जोड्न पनि सहज हुने विश्वास विद्यालयले लिएको विद्यालयका निर्देशक सोनम लामाले बताए ।

 


सम्बन्धित समाचार