
१२ फागुन,वीरगञ्ज । पर्साको पोखरीयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा आज चाईनिज साइकल बितरण गरिएको छ । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ ।
पोखरीया नगरपालिका वडा नम्बर ८ का अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किशोरी साह तेलीको अध्यक्षतामा साइकल बितरण भएको थियो । कार्यक्रममा कक्षा ८ का ६३ र कक्षा ९ का ५८ जना मध्ये ४३ जना बिद्यार्थीहरुलाई साइकल बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौहानले जानकारी दिनुभयो ।
कार्यक्रममा देवेन्द्र गुप्ता, हिरालाल मुखिया, ईर्फान खातुन, राकेश साह लगायतको उपस्थिति रहेको थियो ।