
१३ फागुन,पर्सागढी । २६२ औं सेना दिवस तथा महाशिवरात्रीको उपलक्ष्यमा मंगलबार श्री जंग गण श्रीपुर वीरगञ्जले पर्सागढीमा पदयात्रा सम्पन्न गरेको छ ।
श्री जंग गण श्रीपुर वीरगञ्जको आयोजना र पर्सागढी नगरपालिका कार्यालयको सहयोगमा पर्सागढी नगरपालिका वडा नम्बर–५ को टि जङ्सङ्ग स्थलबाट सुरु गरेको पदयात्रा विक्रम सम्वत १८७१ को नेपाल अंग्रेजÞ युद्ध स्थल पर्सागढीमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्दै नगरप्रमुख गोकर्ण पाठकले भारतीय ब्रिटिस सेनाले नेपालमा एकछत्र राज्य गर्ने उदेश्यका साथ अघि बढिरहेका ब्रिटिस सेना हरुलाई नेपाली सेना र स्थानीय रन्जित चौधरिको कमान्डमा विक्रम सम्वत १८७१ मा पराजित गरेको नेपाल कै पहिलो गढी पर्सागढी रहेको बताए ।
उनले पर्सागढी कै नामबाट पर्सा जिल्ला र पर्साढी नामाकरण भएता पनि पर्सागढी ओझेलमा परेको गुनासो गरे । पर्सागढीको विकासका लागि संघीय सरकार, प्रदेस सरकार र नेपाली सेना सबैको सहयोग र साथ रहे गढी स्थलको मुहार फेर्न सकिने बताए । गढीको बिकास स्थानीय सरकारले मात्र सम्भव नरहेको बताउदै उहाँले सबैको ध्यान जान जरुरी रहेको बताए ।
त्यसैगरी श्रीजंग गण २८ नम्बर बाहिनी जीतपुरका प्रमुख सेनानी बिज्ञान खनालले नेपाली सेनाले विभिन्न स्थानमा रहेका ऐतिहासिक गढी, किल्लाहरुको प्रबद्र्धन गर्ने कार्यक्रम अन्तर्गत सेना दिवस तथा शिवरात्रीको अवसरमा सेनाले पहिलो पटक पर्सागढीमा पदयात्रा गरेको बताए ।
उनले अन्य गढीहरु भन्दा पर्सागढीको ईतिहास छुटै रहेको कारण यसको विकासमा सेनाको सहयोगको साथै अन्य निकाय हरुको पनि ध्यान जान जरुरी रहेको बताए । विक्रम सम्वत १८७१ को नेपाल अंग्रेजÞ युद्धमा स्थानीय रन्जित चौधरिको भुमिकालाई नेपाली सेनाले सधै कदर गर्ने र उहाँबाट सबैले केही प्रेरणा र साहस प्राप्त गर्नुपर्ने बताए ।
कार्यक्रममा पर्सागढीका पूर्व नगरप्रमुख लोकनारायण यादब, प्रमुख सेनानी करुण बहादुर खनाल, पर्सागढी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरी, वडा अध्यक्षहरुको साथै स्थानीयवासी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम स्थलमा नेपाली सेना र स्थानीय हरुले युद्धमा प्रयोग गरेको हातहतियार तथा गोलाबारुद्द समेत प्रदर्शनमा राखिएको थियो । कार्यक्रममा नेपाली सेनाले राष्ट्रिय गीतहरु गाएका थिए । भने थारु समुदायले स्थानीय तथा थारु झम्टा नाचहरु प्रस्तुत गरेका थिए ।