
१३ फागुन,ठोरी । पर्साको ठोरी गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको तेस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा श्री सरस्वती माबि गौतम नगरले १० ओटा स्वर्ण, १३ ओटा रजत र ७ वटा कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै श्री नेपाल राष्ट्रिय माबि ओडारले ८ वटा स्वर्ण, १ वटा रजत र ५ ओटा कास्य पदक जित्दै द्वितीय स्थान हासिल गरेको छ ।त्यस्तै श्री ज्ञान बाटिका माबि सुवर्णपुरले ५ वटा स्वर्ण, ६ वटा रजत र ५ ओटा कास्य पदक जितेको छ ।
प्रथम, द्वितीय र तृतीय हुने बिद्यालयले नगद क्रमश ३० हजार, २५ हजार र २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न । लगातार ३ पटक सम्म राष्ट्रपति रनिङ शील्ड जित्न सफल सरस्वती माबि गौतमनगरले शील्ड पुर्ण रुपमा आफ्नो बनाएको छ ।
समापन समारोहमा बोल्दै गापा अध्यक्ष श्रेष्ठले अर्को बर्ष देखि बिद्यालयका विद्यार्थीहरुलाई खेलकुदका सामाग्री उपलब्ध गराउने घोषणा गर्दै ठोरीका २१ वटै बिद्यालयलाई प्रत्येक शुक्रबार १ घण्टी पढाएर बांकी समय खेलकुदमा लगाउन समेत निर्देशन दिनुभएको छ ।